Wednesday, February 12, 2020

नेपालमा शक्तिको नियन्त्रण तथा सन्तुलन

व्यवस्थापिकाले कार्यपालिका उपर 
  • मन्त्रिपरिषद व्यवस्थापिका संसदप्रति उत्तरदायी हुने,
  • सामान्य वहुमतबाट प्रधानमन्त्री उपर अविश्वासको प्रस्ताव पारित गर्ने,
  • संन्धी संझौता अनुमोदन, संसदीय सनुवाई, संकटकालीन घोषणाको अनुमोदन व्यवस्थापिकाले गर्छ,
  • संवैधानिक अंगका प्रतिवेदनमा छलफल गर्छ ।
      २. न्यायपालिकाले कार्यपालीका उपर :-
  • संबैधानिक परिषदमा प्रधानन्यायधीशको संलग्नता,
  • कार्यपालीकाको कामको न्यायिक पुनरावलोकन र अदालतबाट भएको फैसला मान्न कार्यपालिका वाध्य हुने,
  • विभिन्न रिटमा आदेश जारी गर्ने कार्यको माध्यमबाट न्यायपालिकाले कार्यपालिका उपर नियन्त्रण गर्छ ।
३. कार्यपालिकाले व्यवस्थापिका उपर :-
  • राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका संसदको अधिवेशनको आह्वान र अन्त्य गर्ने,
  • सरकारी नीति तथा कार्यक्रम प्रस्तुत,
  • अध्यादेश जारी गर्ने,
  • रक्षा सम्बन्धी विधेयक सरकारले मात्र पेश गर्न पाउने व्यवस्थाको माध्ययमबाट कार्यपालिकाले व्यवस्थापिका उपर नियन्त्रण गर्दछ 
    ४.   न्यायपालिकाले व्यवस्थापिका उपर:-
  •  न्यायीक पुनरावलोकन मार्फत कानूनको संबैधानिकता परिक्षण गर्ने,
  • अदालतमा विचाराधिन मुद्धामा संसदमा छलफल गर्न बन्देज,
  • नजीर प्रतिपादन गरेर कानून निर्माण गर्न सक्ने,
  •  रिट निवेदनमा विभिन्न आदेश जारी गर्ने ।
     ५. व्यवस्थापिकाले न्यायपालिका उपर:-
  • न्यायधिश उपर महाअभियोग लगाएर,
  • सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन उपर छलफल गरेर,
  • न्यायपालिका सम्बन्धी कानूनको निर्माण गरेर,
  • प्रधानन्यायधिशको नियुक्तिको सिफारिस गरेर व्यवस्थापिकाले न्यायपालिका उपर नियन्त्रण एवं सन्तुलन कायम गर्दछ ।
    ६.    कार्यपालिकाले न्यायपालिका उपरः
  •  संबैधानिक परिषदमा प्रधानमन्त्रीको संलग्नता,
  • न्यायपालिकासँग सम्बन्धित नीति निर्माण गरेर,
  • फैसलाले लागेको दण्ड सजाय मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट माफी मुलतबी हुने ।

0 comments:

Post a Comment