रानीमहल पाल्पा

नेपालको रानीमहल खड्क शमशेर द्धारा निर्मित

खप्तड

बझाङ, बाजुरा, डोटी, अछाम जिल्लामा अवस्थित धार्मिक पर्यटकीय ऐतिहाँसिक स्थल ।

दोलखाको जिरी

नेपालको स्वीट्जरल्याण्ड

BAT 32

३२ ओं आधारभुत प्रशासनिक प्रशिक्षण तालिम २०७४, कर्णाली ग्रुप

अन्तर्वाता

लोकसेवा आयोगको अर्को चरको तयारी गरिरहदा

Friday, February 14, 2020

राजाको जन्मदिन

आज प्यारो राजाको जन्मदिन ।


 कुनैपनि मानिस सबैभन्दा पहिला आफ्नौ खुसीका लागि अथक प्रयास गर्छ तर तपाई अरुको खुसीका लागि आफ्नो खुसी त्याग्नु हुन्छ र त तपाई अगल हुनुहुन्छ । सबैलाई उचित व्यावहार गर्ने, कहिल्लई कसैको कुभलो नचिताउने, मृदुभाषी, इमान्दार व्यक्तिको समिप हुन पाउदा मैले आफुलाई अन्यन्त भाग्यमानी मानेको छु । तपाईको गुणको व्याख्या १००० जिव्रा भएका शेष नागले त गर्न सक्दैनन । मेरा हरेक शब्दले व्याख्या अपुग हुन्छ । यो जन्मदिन हजुरलाई अत्यन्त शुभ रहोस्, सोचेका सबै मनोकामना पुरा होउन, उन्नति प्रगति होस्, लाखौलाख शुभकामना । साथै सधै यस्तै आत्मिय सम्बन्ध रहोस । लभ यु राजा ।। 

Wednesday, February 12, 2020

संविधानवादका आधारभूत तत्वहरु

संविधानवादका आधारभूत तत्वहरु
  • जनतामा निहित सार्वभौमसत्ता
  • जनउत्तरदायी सरकार
  • सीमित सरकार
  • प्रतिनिधिमुलक लोकतन्त्र
  • आवधिक निर्वाचन
  • मानव अधिकार तथा नागरिक अधिकारको रक्षा
  • स्वतन्त्र न्यायपालिका
  • सबल प्रतिपक्ष
  • शक्तिको पृथकीकरण‚ नियन्त्रण र सन्तुलन
  • कानूनी दायराभित्र अधिकारको प्रयोग
  • कानूनी शासनको सम्मान
  • न्यायिक पुनरावलोकन
  • विकेन्द्रिकरण
  • सूचनाको हक र पारदर्शिता आदि ।

नेपालमा शक्तिको नियन्त्रण तथा सन्तुलन

व्यवस्थापिकाले कार्यपालिका उपर 
  • मन्त्रिपरिषद व्यवस्थापिका संसदप्रति उत्तरदायी हुने,
  • सामान्य वहुमतबाट प्रधानमन्त्री उपर अविश्वासको प्रस्ताव पारित गर्ने,
  • संन्धी संझौता अनुमोदन, संसदीय सनुवाई, संकटकालीन घोषणाको अनुमोदन व्यवस्थापिकाले गर्छ,
  • संवैधानिक अंगका प्रतिवेदनमा छलफल गर्छ ।
      २. न्यायपालिकाले कार्यपालीका उपर :-
  • संबैधानिक परिषदमा प्रधानन्यायधीशको संलग्नता,
  • कार्यपालीकाको कामको न्यायिक पुनरावलोकन र अदालतबाट भएको फैसला मान्न कार्यपालिका वाध्य हुने,
  • विभिन्न रिटमा आदेश जारी गर्ने कार्यको माध्यमबाट न्यायपालिकाले कार्यपालिका उपर नियन्त्रण गर्छ ।
३. कार्यपालिकाले व्यवस्थापिका उपर :-
  • राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा व्यवस्थापिका संसदको अधिवेशनको आह्वान र अन्त्य गर्ने,
  • सरकारी नीति तथा कार्यक्रम प्रस्तुत,
  • अध्यादेश जारी गर्ने,
  • रक्षा सम्बन्धी विधेयक सरकारले मात्र पेश गर्न पाउने व्यवस्थाको माध्ययमबाट कार्यपालिकाले व्यवस्थापिका उपर नियन्त्रण गर्दछ 
    ४.   न्यायपालिकाले व्यवस्थापिका उपर:-
  •  न्यायीक पुनरावलोकन मार्फत कानूनको संबैधानिकता परिक्षण गर्ने,
  • अदालतमा विचाराधिन मुद्धामा संसदमा छलफल गर्न बन्देज,
  • नजीर प्रतिपादन गरेर कानून निर्माण गर्न सक्ने,
  •  रिट निवेदनमा विभिन्न आदेश जारी गर्ने ।
     ५. व्यवस्थापिकाले न्यायपालिका उपर:-
  • न्यायधिश उपर महाअभियोग लगाएर,
  • सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन उपर छलफल गरेर,
  • न्यायपालिका सम्बन्धी कानूनको निर्माण गरेर,
  • प्रधानन्यायधिशको नियुक्तिको सिफारिस गरेर व्यवस्थापिकाले न्यायपालिका उपर नियन्त्रण एवं सन्तुलन कायम गर्दछ ।
    ६.    कार्यपालिकाले न्यायपालिका उपरः
  •  संबैधानिक परिषदमा प्रधानमन्त्रीको संलग्नता,
  • न्यायपालिकासँग सम्बन्धित नीति निर्माण गरेर,
  • फैसलाले लागेको दण्ड सजाय मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट माफी मुलतबी हुने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवश-२०७६ कञ्चनपुर ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ (उनन्तीसौं) स्थापना दिवस आयोगको कार्यालय, कञ्चनपुरले मिति २०७६।१०।२८ गते एक समारोहको आयोजना गरी भव्यताका सम्पन्न गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख वावुराम खतिवडाज्यूले अध्यक्षता गर्नुभएको आयोगको २९ औं स्थापना दिवस समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख माननीय शर्मीला कुमारी पन्तज्यू प्रमुख अतिथि र भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री पठान सिंह बोहराज्यु विशिष्ठ अतिथि रहनुभएको थियो ।



समारोहको अध्यक्षता गर्नुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका प्रमुख श्रीमान् वावुराम खतिवडाज्यूले आयोगको तीन खम्बे रणनीतिको चर्चा गर्दै सामाजिक रोगको रुपमा मौलाउदै गएको भ्रष्टाचार विरुद्धका विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानूनहरुको सफलतापूर्वक कार्यान्वयन गर्न आयोगको एक्लो प्रयासले मात्र संभव नहुने यसमा सबै पक्ष, तह र तप्काको सहभागी हुन आवश्यक रहेको र सबै सरोकारवाला समुदायले भ्रष्टाचार नियन्त्रणतर्फ यथेष्ठ ध्यान केन्द्रिन गर्नुका साथै क्रियाशील रुपमा संलग्न हुनुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । वहाँले सुशासन र भ्रष्टाचारजन्य क्रियाकलाप बीचमा गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै अनुसन्धान सुदृढ बनाई भ्रष्टाचार न्यून गर्न अनुचित कार्यको अनुसन्धान गर्ने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कानूनमै व्यवस्था गर्न सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।

सुशासनको पाटोलाई बलियो बनाउन प्रदेश र स्थानीय तहहरुमा नियमनकारी निकाय नभएकाले त्यस्तो निकायको स्थापना गरी सुशासनको प्रवर्द्धन मार्फत भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ तीनै तहका सरकारहरुलाई समेत आग्रह गर्नुभयो र समारोहमा उपस्थित सबैले आ-आफ्नो ठाउँमा इमान्दारितापूर्वक कर्तव्यको पालना गर्दै कानून बमोजिम कार्य गरे भ्रष्टाचार धेरै हदसम्म न्यूनिकरण गर्न सकिने र सार्वजनिक पदाधिकारीहरुले निहित व्यक्तिगत स्वार्थ भन्दा माथि उठी "समृद्ध नेपालः सुखी नेपाली" को आयोगको लक्ष्यलाई प्राप्त गर्न तत्पर हुने प्रेरणा आजको समारोहले दिने आफुले अपेक्षा गरेको बताउदै उक्त समारोहमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख श्री सुर्य बहादुर थापाज्यू, सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय श्रीमान् प्रमुख सचिव बालकृष्ण घिमिरेज्यू, बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दज्यू, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सचिव श्री दिपक कुमार खनालज्यू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन अर्यालज्यू, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव झंकर बहादुर विष्टज्यू, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका नि.सचिव, केशवदत्त जोशी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्ण बहादुर राउतज्यू, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव किशोर कुमार चौधरीज्यू, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराज्यू,कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाज्यू, सशस्त्र प्रहरी नायव महानिरिक्षक गोविन्द क्षेत्रीज्यू, राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेशका अनुसन्धान निर्देशक ओम प्रकाश जोशीज्यू लगायत डिभिजन एवं जिल्लास्तरीय कार्यालय कार्यालय प्रमुखज्यूहरु, विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, नागरिक निगरानी संस्था, कैलाली र कञ्चनपुरका अध्यक्षज्यूहरु, विभिन्न संचारमाध्यमका संचारकर्मीज्यूहरु र आयोगको कार्यालय कञ्चनपुरका कर्मचारीहरु समेत करिब १७६ जनाको सहभागीता रहेको थियो । समारोहमा उपस्थित सबैलाई आयोगको कार्यालय कञ्चनपुरका तर्फबाट उपसचिव महेश पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो ।