विभिन्न ताल र झरनाको विषयमा संक्षिप्त जानकारी
v रारा ताल
· अवस्थित जिल्ला – मुगु
· सबैभन्दा ठुलो ताल (१०.८ वर्ग कि.मी)
· रारा तालबाट निस्केको खोला– खत्याड खोला
· गहिराई – १६७ मिटर
· उपनाम – महेन्द्र ताल (नामाकरण– वि.सं. २०२० चैत १३ गते
· समुन्द्र सतहबाट– ३२०० मि. उचाइमा
· काञ्जिरोवा र सिस्ने हिमालको छाया देखिने ताल– रारा ताल
v फोक्सुन्डो तालः
· अवस्थित जिल्ला – डोल्पा
· उपनाम – रिग्म ताल (रिग्म गाउँमा पर्ने हुँदा)
· समुन्द्र सतहबाट उचाई – ३६१० मिटर
· नेपालको सबैभन्दा गहिरो ताल (गहिराइ – ६५० मिटर)
· आकार– गुलेली आकार (अङ्ग्रेजी U)
· निर्जीव ताल भनेर चिनिने – फोक्सुन्डो ताल(अत्यधिक चिसोका कारण जिवहरु नपाइने हुँदा)
· यस तालबाट बगेको पानीले सुलिगढ झरना बनेको
v तिलिचो ताल
· अवस्थित जिल्ला – मनाङ
· विश्वकै सर्वाधिक उचाइमा पर्ने ताल (समुद्री सतहबाट ४९१९ मि. को उचाइमा रहेको)
· स्थानीय भाषामा यसको नाम : तिरिछो र तिलिजो
v फेवा ताल
· अवस्थित जिल्ला – कास्की जिल्लाको पोखरा (समुद्री सतहबाट ७८४ मि. उचाइमा)
· क्षेत्रफल – ४ वर्ग कि.मि.
· उपनाम – वैदाम ताल
· हर्पन खोला र मर्सी खोला मिलेर बनेको मैदानी ताल
· तालको बीचमा रहेको मन्दिरको नाम – बाराही देवीको मन्दिर
· यसमा माछापुच्छे हिमालको मनोरम छायाँ देख्न सकिन्छ
· प्रतिवर्ष ०.७ वर्ग कि.मि. का दरले पुरिदै गएको अनुमान गरिएको ।
v घोडाघोडी ताल
· अवस्थित जिल्ला – कैलाली (१३८ हेक्टर क्षे.फ. मा फैलिएको)
· मानिसको हत्केलाको आकारमा बनेको,
· उपनाम – कपिल ताल
v रानीपोखरी
· अवस्थित जिल्ला – काठमाडौं (३२ रोपनी क्षेत्रफलमा फैलिएको)
· निर्माण – वि.सं. १७२७ (राजा प्रताप मल्लले छोरा चक्रव्रतेन्द्र मल्लको मृत्युले शोकाकुल रानीलाई सान्त्वना दिलाउन)
· उपनाम – विष्णुतिर्थ (नेपाल र भारतका विभिन्न तिर्थस्थलबाट जल ल्याई बनाइएको)
· पोखरीको बीचमा रहेको मन्दिर भाइटिकाको दिनमा मात्र खोलिने गरिन्छ,
· रानीपोखरी क्षेत्रलाई ‘परमेश्वर परमेश्वरी ब्रह्मभूमी’ भनिन्छ ।
v गोसाइँकुण्ड
· अवस्थित जिल्ला – रसुवा (समुद्री सतहबाट ४३८० मि. को उचाइमा)
· जनै पूर्णिमाको दिन यहाँ विशेष मेला लाग्छ,
· कालकुट विषको प्रभाव सहन भगवान शिवले त्रिशूल प्रहार गर्दा यो कुण्ड बनेको विश्वास ।
नेपालका विभिन्न जिल्लामा रहेका तालहरु
कास्की– रुपा, फेवा, वेगनास, दिपाङ, खास्टे, स्यार्खु, बुढुवा, मैदी, शान्तिकुण्ड
गोरखा– रुक्चे ताल, कालताल, नागताल, कल्छुमन ताल
लमजुङ– देउपोखरी, इन्द्रपोखरी
पर्वत – खरिबराह ताल
दाङ– बाह्रकुने ताल, स्याङलाङ दह, भोटे दह, चरिङ्गे दह, किचकिनी दह
म्याग्दी– भाले बास्ने ताल, तातोपानि कुण्ड
बाग्लुङ – रुद्र ताल, जलपा ताल, गनाउने भुइँफुट्टा ताल
मुस्ताङ – दामोदर कुण्ड, सिद्धबाबा ताल
मनाङ– तिलिचो ताल, पुगेन ताल
ताप्लेजुङ–जलजले पोखरी, सिज्मे ताल
पाँचथर– जोरपोखरी
इलाम– माईपोखरी
झापा– गौरादह, चिलागढ दह, विराट पोखरी
सोेलुखुम्बु– जालिमपोखरी
ओखलढुङ्गा– दुधकुण्ड
खोटाङ– बराहा ताल, छितापोख दह
उदयपुर– रौताहा पोखरी, जोगी दह
सिराहा– पातारी पोखरी, कमल दह
सप्तरी – भोकारी दह , ठाकुबाबा दह
संखुवासभा– सभापोखरी , सिद्धपोखरी , मत्स्यपोखरी
भोजपूर– साल्पापोखरी, पञ्चकन्यापोखरी, कालपोखरी
मोरङ– चुलीपोखरी, सुनबर्षा पोखरी
सुनसरी – सुर्यकुण्ड, चिम्दी ताल
रामेछाप– दिमी पोखरी, भुतपोखरी
सर्लाही – वोनादिशा पोखरी
धनुषा– ज्ञानकुण्ड, गंगासागर, धनुषासागर, रामसागर, रत्नसागर, अमृतकुण्ड
महोत्तरी– गुड्के दह
काठमाडौँ– टौदह, कमलपोखरी, नागपोखरी, रानीपोखरी, पानीपोखरी, कटुवाल दह, गहनापोखरी, मातातिर्थ
ललितपुर– नागताल, बालकुमारी ताल
सिन्धुपाल्चोक– तारा खसेको पोखरी, सिपा पोखरी
दोलखा– जटापोखरी, च्छो रोल्पा ताल
रसुवा– गोसाइँकुण्ड, सरस्वती कुण्ड, सूर्यकुण्ड, गणेशकुण्ड, दुधकुण्ड, नागकुण्ड, पार्वती कुण्ड
बारा– कामिनी दह
पर्सा – वञ्जारी ताल, घरीअर्वा ताल, छपकैया पोखरी, बैघीमाई पोखरी
चितवन– कसरा ताल, नन्दभाउजु ताल, गडुवा ताल, तमोरघैला ताल, मुजुरा ताल, बीसहजारी ताल, सोह्रहजार ताल
पाल्पा – सुके ताल, नन्दन ताल, सत्यवती ताल
अर्घाखाँची– ठाडा दह, स्याङ्लाङ दह
रुकुम– स्यार्पु दह, रुक्मिणी, रुकुमकोट दह
सुर्खेत– बुलबुले ताल, सिम्री दह, मुरली दह
मुगु– रारा ताल, ऋणमोक्ष दह, पापकुण्ड, छायानाथ दह
जुम्ला– गिरी दह, शेख दह, विष्ट दह
डोल्पा– फोक्सुन्डो ताल, पृथा दह, जगदुल्ला ताल
बझाङ– सुर्मा सरोवर,
डोटी– खप्तड ताल, सुन दह, छतिवन ताल
कञ्चनपुर – बेतकोटे दह, झिलमिला ताल, बन्दा ताल, नैनी ताल
कैलाली – घोडाघोडी ताल, पुरैना ताल
विभिन्न जिल्लामा अवस्थित झरनाहरु
ह्यातुङ झरना, ३६५ मि. सबैभन्दा अग्लो झरना - तेह्रथुम
पोकली, रातामाटे , चिर्खुवा खोला झरना - ओखलढुङ्गा
टिपताला झरना, इलामडाँडा झरना - ताप्लेजुङ
ओडारी खोलाको झरना, खुवा झरना - उदयपुर
द्वारीखोलाको झरना - दैलेख
सहश्रधारा झरना - पर्वत
भैरवकुण्ड झरना - सिन्धुपाल्चोक
सुलिगढ (पाउली) झरना, अग्लो स्थानमा रहेको झरना - डोल्पा
फुङफुङ झरना - नुवाकोट
छहरे झरना, वैकुण्ठ झरना - पाल्पा
पुरनधारा झरना - दाङ
तीन खुवा झरना, सोताखोला झरना - अर्घाखाँची
द्रिपुङ झरना - खोटाङ
जोरपानी झरना, भेलछेडन झरना - डोटी
गुम्छाथाल झरना - सिन्धुपाल्चोक
डेभिस फल्स (पाताले छाँगो) - कास्की
रुपसे झरना - म्याग्दी
चेपेनदीको झरना - मनाङ
सेती नदीको झरना - बझाङ्ग
खहरे खोलाको झरना, गंगाजमुना झरना - धादिङ
सुनसर झरना - रोल्पा
0 comments:
Post a Comment