रानीमहल पाल्पा

नेपालको रानीमहल खड्क शमशेर द्धारा निर्मित

खप्तड

बझाङ, बाजुरा, डोटी, अछाम जिल्लामा अवस्थित धार्मिक पर्यटकीय ऐतिहाँसिक स्थल ।

दोलखाको जिरी

नेपालको स्वीट्जरल्याण्ड

BAT 32

३२ ओं आधारभुत प्रशासनिक प्रशिक्षण तालिम २०७४, कर्णाली ग्रुप

अन्तर्वाता

लोकसेवा आयोगको अर्को चरको तयारी गरिरहदा

Sunday, July 21, 2019

कमजोरी माथि कुदृष्टी

रातको समय थियो । पसलेले पसल बन्द गर्न आटेका थिए कि  त्यतिकैमा एउटा कुकुर पसलमा आयो , उसको मुखमा एउटा थैली थियो । जसमा सामानको लिस्ट र पैसा थियो । पसलेले पैसा लिएर सामान त्यो थैलिमा भरिदियो , र कुकुरले मुखमा च्यापेर त्यहाँबाट निस्कियो ।


पसले आश्चर्यचकित भएर कुकुरको पछि पछि गयो , यो हेर्नलाई कि यस्तो समझदार कुकुरको मालिक को हो ? " । कुकुर बस स्टपमा उभिएको थियो , केही समय पछि बस आयो र त्यसमा चढ्यो । कन्डक्टर छेउमा आउने बित्तिकै कुकुर ले आफ्नो घाँटी अगाडि गर्यो ,  उसको घाटीको बेल्टमा पैसा र उसको ठेगाना पनि थियो । कन्डक्टरले पैसा लिएर कुकुरको घाटीको बेल्टमा बाधिदियो , र आफ्नो बस स्टप आउने बित्तिकै कुकुर पछाडीको ढोकाबाट निस्किएर पुच्छर हल्लाउदै कन्डक्टरलाई संकेत गर्दै गयो , पसले पनि पछि पछि गइरहेका थिए ।

कुकुरले घरको ढोका दुई तीन पटक ढक्ढक्यायो , भित्रबाट उसको मालिक आयो र लठ्ठिले पिट्न शुरु गरीदियो , पसले ले त्यो मालिकसित पिट्नुको कारण सोधे , मालिकले भने " साला ले मेरो निद्रा खराब गरिदियो , चाबी साथमा लिएर जान सक्दैनथियो ? गधा!”


जीवनको पनि यहि सत्यता हो, तपाईसित मान्छेको  अपेक्षाहरूको कुनै अन्त्य छैन, जहाँ तपाईं चुक्नुभयो त्यही निर  खराबी निकाल्न शुरु गरीदिन्छन, र पछाडीको जम्मै राम्रोपन लाई बिर्सिदिन्छन । उनानन्सय वटा राम्रो कामको मुल्यांकन हुदैन, एउटा गल्ती गर्नुस जम्मै असल काम बिर्सिदिन्छन, कति स्वार्थी छौ हामी मान्छेहरू ।।।