रानीमहल पाल्पा

नेपालको रानीमहल खड्क शमशेर द्धारा निर्मित

खप्तड

बझाङ, बाजुरा, डोटी, अछाम जिल्लामा अवस्थित धार्मिक पर्यटकीय ऐतिहाँसिक स्थल ।

दोलखाको जिरी

नेपालको स्वीट्जरल्याण्ड

BAT 32

३२ ओं आधारभुत प्रशासनिक प्रशिक्षण तालिम २०७४, कर्णाली ग्रुप

अन्तर्वाता

लोकसेवा आयोगको अर्को चरको तयारी गरिरहदा

Monday, August 24, 2020

केही वैज्ञानिक र तिनका योगदान


            १. सर आइज्याक न्यूटन

        जन्म २५डिसेम्बर १६४२, इंगल्याण्ड

        ट्रिनिटी कलेजमा गणित विषयका प्रोफेसर भई अध्यापन गरेका

        भौतिकशास्त्रका जन्मदाता भनेर चिनिने

        चित्रकला र यन्त्रविज्ञानमा स्नातकोपाधी हाँसिल गरेका

        न्यूटनको महत्वपूर्ण पुस्तक Principa सन् १६८७ मा प्रकाशित

        सूर्यको प्रकाशमा ७ रङ हुने कुरा पत्ता लगाए

        सन् १७०५ मा Sir उपाधी प्राप्त गरेका

        प्रमुख आविष्कारहरुः

              - न्युटनको चालसम्बन्धी नियमहरु ( Newtons law of Motion)

               - गुरुत्वाकर्षण सम्बन्धी नियम (Law of Gravitation)     

               - Optics (प्रकाश विज्ञान) मा महत्वपूर्ण योगदान

        मृत्यूः २० मार्च १७२७, इंगल्याण्ड

            २. अल्वर्ट आईन्सटाईन

        जन्म १४ मार्च १८७९

        अध्ययन गरेको विश्वविद्यालय ज्यूरिच विश्वविद्यालय

        Theory of Relativity को प्रतिपादन सन् १९०५

        General theory of Relativity ले मान्यता पाएको सन् १९१९

        नोबेल पुरस्कार प्राप्त सन् १९२१ (भौतिकशास्त्र तर्फको)

        के पत्ता लगाएवापत नोबेल पुरस्कार पाए – Photoelectric Effect

        सापेक्षताको सिद्धान्तलाई कसरी सुत्रवद्ध गरे E=mc2

        मृत्यू  १८ अप्रिल १९५५

        मष्तिष्कलाई कहाँ सुरक्षित राखिएको छ? – अमेरिकाको प्रिन्सटन अस्पतालमा

Sunday, August 23, 2020

विभिन्न ताल तथा झरनाको विषयमा जानकारी

विभिन्न ताल र झरनाको विषयमा संक्षिप्त जानकारी

v                     रारा ताल

·       अवस्थित जिल्ला मुगु

·       सबैभन्दा ठुलो ताल (१०.८ वर्ग कि.मी)

·       रारा तालबाट निस्केको खोलाखत्याड खोला

·       गहिराई १६७ मिटर   

·       उपनाम महेन्द्र ताल (नामाकरणवि.सं. २०२० चैत १३ गते

·       समुन्द्र सतहबाट३२०० मि. उचाइमा

·       काञ्जिरोवा र सिस्ने हिमालको छाया देखिने तालरारा ताल

 

v              फोक्सुन्डो तालः

·       अवस्थित जिल्ला डोल्पा

·       उपनाम रिग्म ताल (रिग्म गाउँमा पर्ने हुँदा)

·       समुन्द्र सतहबाट उचाई ३६१० मिटर

·       नेपालको सबैभन्दा गहिरो ताल (गहिराइ ६५० मिटर)

·       आकारगुलेली आकार (अङ्ग्रेजी U)

·       निर्जीव ताल भनेर चिनिने फोक्सुन्डो ताल(अत्यधिक चिसोका कारण जिवहरु नपाइने हुँदा)

·       यस तालबाट बगेको पानीले सुलिगढ झरना बनेको

 

v                तिलिचो ताल

·       अवस्थित जिल्ला मनाङ

·       विश्वकै सर्वाधिक उचाइमा पर्ने ताल (समुद्री सतहबाट ४९१९ मि. को उचाइमा रहेको)

·       स्थानीय भाषामा यसको नाम : तिरिछो र तिलिजो

 

v              फेवा ताल

·       अवस्थित जिल्ला कास्की जिल्लाको पोखरा (समुद्री सतहबाट ७८४ मि. उचाइमा)

·       क्षेत्रफल ४ वर्ग कि.मि.

·       उपनाम वैदाम ताल

·       हर्पन खोला र मर्सी खोला मिलेर बनेको मैदानी ताल

·       तालको बीचमा रहेको मन्दिरको नाम बाराही देवीको मन्दिर

·       यसमा माछापुच्छे हिमालको मनोरम छायाँ देख्न सकिन्छ

·       प्रतिवर्ष ०.७ वर्ग कि.मि. का दरले पुरिदै गएको अनुमान गरिएको ।

 

v                घोडाघोडी ताल

·       अवस्थित जिल्ला कैलाली (१३८ हेक्टर क्षे.फ. मा फैलिएको)

·       मानिसको हत्केलाको आकारमा बनेको,

·       उपनाम कपिल ताल

 

v                  रानीपोखरी

·       अवस्थित जिल्ला काठमाडौं (३२ रोपनी क्षेत्रफलमा फैलिएको)

·       निर्माण वि.सं. १७२७ (राजा प्रताप मल्लले छोरा चक्रव्रतेन्द्र मल्लको मृत्युले शोकाकुल रानीलाई सान्त्वना दिलाउन)

·       उपनाम विष्णुतिर्थ (नेपाल र भारतका विभिन्न तिर्थस्थलबाट जल ल्याई बनाइएको)

·       पोखरीको बीचमा रहेको मन्दिर भाइटिकाको दिनमा मात्र खोलिने गरिन्छ,

·       रानीपोखरी क्षेत्रलाई परमेश्वर परमेश्वरी ब्रह्मभूमीभनिन्छ ।

 

v        गोसाइँकुण्ड

·       अवस्थित जिल्ला रसुवा (समुद्री सतहबाट ४३८० मि. को उचाइमा)

·       जनै पूर्णिमाको दिन यहाँ विशेष मेला लाग्छ,

·       कालकुट विषको प्रभाव सहन भगवान शिवले त्रिशूल प्रहार गर्दा यो कुण्ड बनेको विश्वास ।

Saturday, August 22, 2020

कानूनको शासन

 

         कानूनको शासन

परिचय

ü कानूनलाई सर्वोपरी ठानी हरेक व्यक्ति,संगठन सबैले कानूनको घेराभित्र रहेर समानताको आधारमा शासन संचालन हुने राज्यलाई कानूनी राज्य शासन भनिन्छ ।

ü कानूनको शासन स्वेच्छाचारी शासनको विपरीत धारणा हो ।

ü यसले शासकलाई कार्यको सीमा र तरिका तोक्दछ भने शासितहरुको अधिकारको संरक्षण गर्दछ ।

ü कानूनी सर्वोपरिताको मान्यतालाई आत्मसाते गरी Just, Fair and Equitable कानूनको माध्यमबाट सञ्चालित शासन व्यवस्थालाई नै कानूनको शासन तथा कानूनी राज्य भनिन्छ ।

ü कानूनी सर्वोच्चताको सिद्धान्तलाई अन्तरहृदयबाट मनन गर्दै राज्य व्यवस्थामा सबै स्वेच्छाचारिकताको अन्त्य सहित स्वच्छ र स्वस्थ शासकीय अभ्यास मार्फत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने शासकीय चिन्तन नै कानूनको शासन हो ।

 

v अवधारणा

ü प्राचीन समयमा ग्रीक दार्शनिक अरिस्टोटलले व्यक्तिको शासन होइन, कानून बमोजिमको शासन हुनुपर्दछ भन्ने कुराको उद्घोष गरेका हुन् ।

ü मध्ययुगमा बे्रक्टनले शासकहरु कानून अन्तर्गत रहनु पर्नेधारणालाई प्रकट गर्न पुगे ।

ü सन् १२१५ को म्याग्नाकार्टाले नागरिक राजाबाट नभई कानूनबाट मात्र शासित हुने उल्लेख गरेको थियो

ü आधुनिक समयमा कानूनी राज्यको ठोस अवधारणा अगाडि ल्याउने काम बेलायतका कानूनी प्राध्यापक A.V.Diecy ले गरेका हुन ।

ü A.V.Diecy का अनुसार कानूनी शासनका सिद्धान्त, नियम वा विशेषताहरु मुख्य ३ वटा रहेका छन् 

१.      कानूनको सर्वोच्चता (Supremacy of law)

o   कानूनभन्दा माथि कोही नहुने,

o   कानूनको उल्लंघन मात्र कसुर हुने,

o   दण्ड सजाय कानूनी प्रक्रिया अनुरुप सामान्य अदालतबाट निर्धारण गरिनु पर्छ ।

२.      कानूनको अगाडि समानता (Equality before law)

o   कानूनको समान संरक्षण सबैलाई हुने,

o   पदीय आधारमा कानूनको विशेष सुविधा उपलब्ध नहुने,

o    कानूनको असमान प्रयोग विरुद्ध न्यायिक उपचारको हक हुने,

o   ठूलालाई चयन सानालाई ऐन भन्ने मान्यताको विरोध गर्दछ ।

 

३.      विधान सामान्य कानूनको परिणाम (Constitution: Result/Outcome of Ordinary law)

o   कानून संसद र अदालती व्याख्याको उपज हो,

o   कानूनले संविधानको संरक्षण गर्दछ,

o   व्यक्तिगत स्वतन्त्रताको आधार Common Law र संसद निर्मित कानून हो ।

 

मानव अधिकार (शा. अ. दोस्रो पत्रको खण्ड २.४ सँग सम्बन्धित सामाग्री)

 

२.४  मानव अधिकार

      मौलिक हक

·        मूल कानूको रुपमा संविधानले नागरिकलाई प्रदान गरेका हक अधिकारको सामुहिक स्वरुप नै मौलिक हक हो

·        लिखित संविधानको आत्मा

·        राज्यका काम कारवाही State Action का विरुद्ध प्राप्त हुने

·        उपचारको व्यवस्था समेत संविधानमा

·        मानव अधिकार भित्र पर्ने अधिकार

·        संरक्षणको दायित्व न्यायलयसँग हुने

·        राज्यको चाहना र राज्यले पुरा गर्न सक्ने क्षमताका आधारमा उपलब्ध गराइने

·        यिनीहरुको प्रकृति समानता ( Equality), अविभेद ( Non Discrimination), स्वतन्त्रता( Freedom) र न्याय (Justic) मा आधारित रहेको मानिन्छ ।

 

मानव अधिकार र मौलिक अधिकार बीचमा फरक

मानव अधिकार र मौलिक अधिकार केही सामान्यफरक रहेको छ । उक्त फरक तपसिल बमोजिम देखाउन सकिन्छ ।

·        मानव अधिकार वृहत हुन्छ भने मौलिक अधिकार थोरै हुन्छ ।

·        मौलिक अधिकारको उलंघनमा उपचारको व्यवस्था संविधानमा नै हुन्छ तर मानव अधिकार जन्मसिद्ध हुन्छन यसको नैतिक दायित्व मात्र हुन्छ ।

·        सबै मौलिक अधिकार मानव अधिकार हुन तर सबै मानव अधिकार मौलिक अधिकार होइनन् 

·        मौलिक अधिकार राष्ट्रिय चासोको र सरोकारको विषय हुन्छ भने मानव अधिकार अन्तराष्ट्रिय चासोको विषय हो ।

 

मानव अधिकार

परिभाषाः

ü मानव अधिकार विश्वका मानवजातिको प्राकृतिक अधिकार हो । जुन मानव मात्रको नैसर्गिक अधिकार हो ।

ü मानव अधिकार मानव जीवनको पूर्वशर्त हो ।

ü मानिसलाई मानवको रुपमा बाँच्नको लागि नभइनहुने न्यूनतम अधिकारहरुलाई समग्रमा मानव अधिकार भनिन्छ । यी अधिकारहरु कसैको दया माया र कृपाबाट प्राप्त हुने नभई जन्मसिद्ध, नैसर्गिक, सर्वमान्य अविभाज्य, अहरणीय तथा अपरिहार्य हुने गर्दछन् ।

ü जस्तै:- बाँच्न पाउने अधिकार, शिक्षाको अधिकार वालवालिकाको अधिकार आदि ।

शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण

 

शक्ति पृथकीकरण

अवधारणा

शक्तिले भ्रष्टता सृजना गर्छ र निरपेक्ष शक्तिले जो सुकैलाई पूर्ण रुपमा भ्रष्ट तुल्याइदिन सक्छ । त्यसैले शक्तिको दुरुपयोग नियन्त्रण गर्न राज्य शक्तिको प्रयोग एउटै व्यक्ति वा निकायबाट नगरी विभिन्न व्यक्ति वा निकायबाट गरिनु तथा त्यस्ता अलग अलग निकायमा अलगअलग व्यक्तिहरुले स्वतन्त्र रुपमा कार्यसम्पादन गरी एकले अर्काको कार्यमा हस्तक्षेप गर्न नपाउने व्यवस्था हुनु आवश्यक हुन्छ  । यसरी राज्य शक्तिलाई सरकासका विभिन्न अंगहरुबीच विभाजन गरी एक अंगले अर्को अंगको कार्य र क्षेत्रमा हस्तक्षेप नगर्ने मान्यतालाई शक्ति पृथकीकरणको भनिन्छ ।

§  प्राचिन ग्रीस र रोममा प्लेटो‚ अरस्तु फोलिवियस र सिसरोले शक्ति पृथकीकरणको मान्यातालाई राज्यको कार्यविभाजनको रुपमा प्रयोग गरेको पाइन्छ ।

§  सत्रौ शताब्दीमा राजनीतिशास्त्री जेम्स ह्यारिङसनले सिनेटले प्रस्ताव गर्ने‚ जनताले निर्णय गर्ने र मेजिस्ट्रेटले  कार्यान्वयन गर्ने प्रकृयाबाट मात्र कानूनी राज्यको स्थापना हुन सक्ने विचार व्यक्त गरे ।

§  सन् १६०६ मा बेलायतका प्रधान न्यायधिश एडवर्ड कोकले न्यायपालिकाको अधिकार राजाले प्रयोग गरन नसक्ने र त्यो शक्ति न्यायपालिकाबाटे प्रयोग हुनुपर्छ भन्ने विचार अगाडी सारे ।

§  शक्ति पृथकीकरणको सिद्धान्तका प्रारम्भिक प्रतिपादक भनेर वेलायतका जोन लकलाई मानिन्छ । उनले सरकारमा तीन किसिमको शक्ति हुने ती शक्तिहरुमा Legislative, Executive Federative कार्यहरुको बारेमा चर्चा गरेका थिए ।

§  शक्ति पृथकीकरणलाई आधुनिक सिद्धान्तको रुपमा स्थापित गराउने श्रेय फ्रान्सका कानूनविद् मन्टस्क्यूलाई जान्छ । उले सन १७४८ मा आफ्नो पुस्तक The Sprite of Law मा शक्ति पृथिकीकरणको सिद्धान्तको विस्तृत व्याख्या गरेका हुन ।

 

शक्ति पृथकीकरणको अवधारणका प्रवर्तक मन्टेस्क्यूका अनुसार :-

१.            व्यवस्थापिका र कार्यपालिका एक भए स्वेच्छाचारी कानून बनी त्यसको स्वेच्छाचारी ढंगले कार्यान्वय हुन्छ ।

२.            न्यायपालिका र व्यवस्थापिका एक भए न्यायाधिश स्वयं कानून निर्माता बन्छ ।

३.            न्यायपालिका र कार्यापालिका एक भए न्यायधिशले अत्याचारी र दमनकारी व्यवहार गर्दछ

त्यसकारण

·              सरकारका व्यवस्थापकीय‚ कार्यकारिणी तथा न्यायिक कार्यहरु फरक-फरक निकायहरुमा विभाजित गरिनुपर्छ

·              सरकारको तीनवटै अंगहरुको काम फरक- फरक व्यक्तिलाई सम्पादन गर्न दिनुपर्छ

·              कुनै अंगले पनि अर्को अंगको काममा हस्तक्षेप गर्नुहुदैन र

·              एक अंगको काम अर्को अंगले गर्नुहुदैन ।

 

मन्टेस्क्यूको शक्ति पृथकीकरणको सिद्धान्तका आधारभूत मान्यतालाई समर्थन गर्दै Wade and Philips भन्दछन् :-

१.       सरकारका तीनवटा अङ्गहरु मध्ये कुनै एकभन्दा बढी अङ्गमा एकै व्यक्ति‚ एकै समयमा रहनुहुदैन

२.      सरकारको एक अङ्गले अर्को अङ्गको कार्य गर्नु हुदैन

३.      एक अङ्गले अर्को अङ्गको कार्यसम्पादनमा नियन्त्रण वा हस्तक्षेप गर्नुहुदैन ।

यु विल डाइ सिङ्गल

 

हरिकृष्ण सोडारी

 

शनिवारको दिन, भोलि त छुट्टी छ। बिहान हतार गरेर उठ्नु पर्ने त छैन नी। यस्तै सोचेर शुक्रबार बेलुकी अबेर राती सम्म निदाइन। साथीभाइहरुसङ्ग च्याटमा गफिएँँ । अँँ साची साथी भाइहरु पनि नयाँ । पुरानो साथीहरु आजकाल अलिक बोल्न छाडेका छन । समय र परिवेश सङ्गै साथ दिनेहरु पनि परिवर्तन हुँदा रहेछन । यसो भनिरहदा पुराना साथीहरु सबै बोल्न छाडेका पनि हैनन।जहाँ आत्मीयता प्रगाढ हुन्छ त्यँहा समय र परिवेश गौण हुँदा रहेछन। केही यस्ता साथीहरु पनि छन , समय र परिवेशको अलवा वेलावेला सम्झिन्छन।

आँखामा परेलीको ढकनी घरी लाग्थ्यो घरी उग्रन्थ्यो। हातवाट मोबाइल झर्यो, झसङ्ग भएँँ। दिमागमा यादव सरको तस्वीर आयो,रातको समयमा मोबाइल चलाउदै गर्दा निद्रामा परेको वेला उहाँको हातबाट त्यसरीनै मोवाइल झर्थ्यो।इन्ट्रन्शिप को दौरानमा कलैया बस्दा थाहा पाएको। एकचोटि जिस्किन मन लागेर उहाँलाई मेसेन्जर मा चेक गरेँँ। अफलाइन देखेसी म पनि अफलाइन भए ।

शनिवार बिहान अबेला सम्म निदाउने योजना बनाएर सुतेको म तीन बजे नै बिउँझे । निद्रा हट्यो । उज्यालो भयो। जिउ भारी भएको जस्तो भयो। खाना खाइसके पछि आराम गर्नको लागि बसियो, मोबाइल साथमा भएसी नछोइ बस्न नसकिने। हाम्रो पात्रोको ताजा समाचार हेर्दै थिएँँ अचानक पाखुरा दुखे। फुर्सदमा डाक्टरलाई भेट्नु पर्यो भन्ने सोचेर नागरिक अस्पताल गएँँ। मस्कुलर पेन भएको भनी औषधि लेखाइदिए, औषधि लिएर घर फर्के।

अरनिको राजमार्ग, अलिक पर आकाशे पुल, चोकमा जेब्रा क्रसिङ्ग अनि सडकको छेउमा दुई जना ट्राफिकको दृश्य अवलोकन गरेँँ। जेब्रा क्रसिङ्गबाट बाटो काट्नै लागेको थिएँँ, दुई वर्ष अगाडी कौसलटारको चोकमा ट्राफिक पुलिससगँँ परेको विवादको याद आयो। जेब्रा क्रसिङ्गबाट हिड्दा पनि पुलिसको वचन बेहोर्नु परेको थियो। अब पुलिसको वचन कस्तो हुन्छ तपाइँहरुलाई मैले भनिराख्न पर्दैन जस्तो लाग्यो। अनि अलिक परको आकाशे पुलबाट बाटो क्रस गरेँँ। घर तर्फ आउदै गर्दा वाटोमा दुई महिला अलिक अगाडि म जाँदै गरेको दिशातर्फ हिड्दै गरेको देखेँँ ।

शरीर आकर्षक कपडा र गहनाले सजिएका थिए। लाग्यो अब यसपालिको तीज नजिकिदै छ। शरिरले थेगिनसक्नुको गहना लगाएर गफिदै हिडेका दुई महिलाको आवाज नबुझिदो गरि सुन्न थालेँँ, सायद मेरा पाइला अलि चाडो लम्किए। आवाज यस्तो सुने "छोरी त्यो के भन्छन नि BBA पढेकी छ, अब खै के पो पढ्नु पर्छ भन्दै छ" अर्को महिला ले भनिन "MBA पढ्ने अरे?" जवाफमा " हो त्यही पढ्ने अरे, अब दस लाख लाग्छ अरे, म त दस लाख खर्च गराएर पढाउन सक्ने केटो पाए छोरीको बिहे त्यही सङ्ग गरिदिन्थे"। मेरो र ती महिलाको आँखा जुधे। हतार हतार मुन्टो फर्काएँँ। के छ त विचार दस लाख खर्च गर्ने हो भनिन भने? दिमाग ले सोची हाल्यो। अलिक अगाडि बढ्दै गर्दा अर्को आवाज सुने " छोराको विहे चाहिँ कहिले गर्ने?" उत्तर पनि सुनेँँ "अब MBA सकेर बसेको छ त्यही लेवलको केटि भेटियो भने त्यस्को पनि बिहे गरिदिने हो "। आवाज मधुरो हुँदै गए, भनौ या म धेरै अगाडि बढिसकेँँ।

मनमा तीन जना पुरुषहरूको कल्पना गरेँँ। एक त्यो MBA पढाउनको लागि खर्च गर्ने, अर्को MBA गरिसकेकिलाई भित्र्याउने, र अर्को म आफै । मनले भन्यो पहिलो पुरुषलाई, बिचरा तँँ ।दस लाख खर्च गर्नु पर्ने छ, आफू पढ्दा कति खर्च गरिसहोला। दोस्रोलाई पनि मनले भन्यो त कति भाग्यमानी, कुनै दु:ख गर्नै परेन। आफुले आफैलाई सोधेँ तैले त्यो महिलाको शरिरमा लगाएको गहना हेरिस, MBA पढाउन लाग्ने खर्च त त्यही झुन्डिएकै छ। अनि सोचेँ तीनकी छोरी तिनकै मर्जी । दुनिया कति स्वार्थ छ। कम्तिमा दस लाख अब तत्काल जोरजाम गर्नु पर्ने रहेछ। नत्र केटा यु विल डाइ सिङ्गल। फेरि सम्झेँँ, मलाई विवाह भन्ने शब्द मन पर्दैन भन्दा कसैले भन्थ्यो त्यही वाक्य "यु विल डाइ सिङ्गल"। म पनि जवाफ दिन्थे "मर्ने त आखिर एक्लै हो" ।

 यो लेख अनलाइन दर्पण.com बाट साभार गरिएको हो ।

Thursday, August 20, 2020

नेपाल आइडल-३ फाइनलिस्ट - प्रविन बेडवाल (बर्दिया)

 नेपाल आइडल सिजन ३ को फाइनलमा प्रवेश गरेका कला र गलाका धनी प्रविन वेडवाललाई हार्दिक बधाई छ ।

 

प्रतिभावान उस्ताद प्रविनलाई यस स्थानमा पुर्याउन अमुल्य योगदान दिनुहुने सबैलाई यो अत्यन्त गौरभको कुरा हो । निजको प्रतिभालाई उच्च  कदर  हुनेछ । 

वहाका विशिष्ट प्रतिभा तथा प्रस्तुतिहरु YouTube Channel हरुमा हेर्न सकिनेछ । 

वहाँका केही प्रस्तुतिहरु हेर्न  HERE  मा क्लिक गरी हेर्न सक्नुहुनेछ ।

Monday, August 17, 2020

SEE RESULT 2076

Click HERE to see result of SEE 2076.

Sunday, August 16, 2020

लकडाउन नोस्टाल्जिया

रमेश तिमिल्सेना

आर्यघाटमा एउटा शव जल्नै आँटेको छ। उ शव जलाउन तम्तयार चितातर्फ एकनासले हेरिरहेको छ। लास पोल्ने मानिस बाहेक त्यो चिताको वरिपरि कोही देखिदैंन। सायद बेवारिसे हो कि?

बेवारिसे शव राखिएको चिताबाट ध्यान मोडेर उ अर्को चितातिर हेर्छ। त्यो चिताको वरिपरि शोकाकुल आफन्त र शुभचिन्तकको घुँइचो छ। शवमाथि फूल र खादाहरु राखिएको छ। अटेसमटेस मानिसहरुले शवलाई घेरिरहेका छन्। उ ती मलामी आएका मानिसहरुको अनुहारमा देखिने भाव पढ्न खोज्छ।

‘राम्रो मानिस थिए।’

‘कति छिट्टै यो संसारबाट बिदा भए।’

‘राम्रो मानिसलाई लिन यमराजलाई पनि कति हतार हो?’

अधिकांशको भावभंगीले यस्तै भनिरहेको भान हुन्छ। आरती हेर्न आएका अधिकांशले बेलाबेला पुलुक्क पुलुक्क त्यतै हेर्छन। उसको ध्यान फेरी बेवारिसे जलिरहेको लासतिर पर्छ। वरपरका सबै मान्छेतिर चियाउँछ। अहँ! त्यतातिर कसैको ध्यान छैन। त्यहाँ केबल जलिरहेको लास छ। न, फूलमाला न शोकाकुल मानिसहरु।

‘साँच्चै, बेवारिसे लास भएको मान्छे के गर्थ्यो होला?’

‘कहाँको हो?’

अधुरो शतक

रमेश तिमिल्सेना

 गाउँको रने स्कुलमा राजेश भनेर चिनिन्थ्यो। सरहरुले राजेश तिरुवा भन्थे। लामो कपाललाई टाउकोको बीचबाट दायाँबायाँ पारेर चिटिक्कसँग मिलाएको थियो, उसले।

पहाडबाट तराइ झरेपछि मैले पहिलोपल्ट त्यस्तो कपाल देखेको थिएँ। कति विद्यार्थीहरुले पछाडिको तिरुवा थर हटाएर हमाल जोड्थे। अनि भन्थे, ‘के छ राजेश हमाल?’

उ नाम सुनेर मुसुक्क हास्थ्यो। टाउको मात्र हल्लाउथ्यो र नबोली जान्थ्यो। ‘लामो कपाल छ भन्दैमा आफूलाई राजेश हमाल नै ठान्छ,’ उ गैसकेपछि एउटा बोल्यो।

‘थोपडा हेरन, थोपडा,’ अर्कोले थप्यो।

‘गरिबोका राजेश हमाल।’

‘फिल्मै खेलिहाल्यो भने राजेश हमाल त त्यस्तै हो, राजेन्द्र खड्गीको वाला रोल पाउँला कि।’

‘कहाँ विदेशबाट डिग्री पास राजेश हमाल, कहाँ ८ कक्षामा २ पल्ट फेल रने।’

स्कुल पछाडिको अग्लो ढिस्कोमा बसेर अधिकांशले यसरी नै गिल्ला गर्थे उसको। रनेलाई पिठ्यु पछाडि गरिने यस्ता खिसीसँग कुनै मतलब थिएन।

रने तिरुवालाई राजेश हमाल किन भन्छन्? मैले भेउ पाउन सकेको थिइनँ। स्कुलबाट फर्कदा गोबिन्दले भनेको थियो, ‘राजेश हमाल भनेको फिलिमको हिरो क्या।’ खत्रा हिरो। हिरो को पनि हिरो। महानायक। उसले यसरी विभिन्न उपमा दिएर राजेश हमाललाई चिनाएको थियो।

हरिया डाँडाकाँडा र घुमाउरो कर्णाली नदी। अग्लो थुम्कोबाट हेरुरहँ लाग्ने बिहानको सूर्योदय। उत्तरतिरका सेताम्मे हिमाल। हिउँदमा विमानस्थलको रनवे नै ढाकिने गरि पर्ने कमल बजारको हिउँ।

पहाडको यस्तै मनोरम प्रकृतिसँग रमाएर हुर्केको थिएँ म। उजाड र फुस्रो खरले छाएका वस्ती। आर्सेनिक मिसिएको ह्वास्स गन्ध आउने नलको पानी। पहिरोले उजाड हुँदै गएको चुरे। उखरमाउलो गर्मी।

हो, तराई यस्तै थियो। ठ्याक्कै, मेरो घर पर त्यो गल्लीको एउटा चोकमा छ, यहाँ के छैन सबथोक छ भन्ने भूपीको कविताको अंश जस्तै लाग्थ्यो। तर, यी सबै कुरालाई बिर्साउने एउटा अचम्मको प्रविधि थियो, तराईमा। टेलिभिजन र त्यसमा देखाइने फिल्म।

Saturday, August 15, 2020

क्यामेरा अगाडि बेचिएको आत्मसम्मान

 रमेश तिमिल्सेना

 ‘सामाजिक संजाल’ र ‘भाइरल’ शब्द पर्याबाची जस्तै भएर आएका छन्। संजालले दिनानुदिन नयाँ-नयाँ विषयवस्तु र घटना खोज्छ जो सजिलै भाइरल होस्। जुन घटना वा विषयवस्तुले मानिसको हृदयमा बसेर आँखाबाट आँसु छचल्काओस्। अनि त्यही आँसुसँगै भावुक भएर सहयोगी मनहरुको खल्तिबाट सहजै द्रव्य झरोस्।

केही दिन पहिले पिठ्युमा छोरो बोकेर रिक्सा चलाउँदै गरेको एक युवकको फोटो सामाजिक संजालमा भाइरल भयो। महिलाको काख र पिठ्युमा मात्र छोराछोरी देख्ने बानी परेको र त्यसैलाई मात्र स्वभाविक ठान्ने नेपाली समाजले बाको पिठ्युमा बच्चा देखिनुलाई अस्वाभाविक ठान्यो। आश्चर्यजनक मान्यो। सबैले भावुक हुँदै ती बाबुप्रति सहानुभूति दर्शाउन थाले। बच्चा आमाको ममताबाट बञ्चित भएकोमा दुःख मनाउ गर्नेहरुको ठूलो जमात देखा पर्यो।

फोटो भाइरल भएको चौबिस घण्टा पनि नबित्दै युट्यूबरले ती युवकलाई खोजी छोडे। चल्तीका युट्यूबरले रिक्सा अगाडि बाबु छोरालाई राखेर अन्तर्वाता लिए। ती युवकका बाबु छोरालाई संसारकै दिनहीन र दुःखी देखाउन कुनै कसुर बाँकी राखेनन्। आमाको निर्दयीपनामाथि असभ्य तरिकाले टिकाटिप्पणी गरे। तिनका दुःखलाई पहाड बनाएर प्रस्तुत गरे।

काण्ड र भ्यूअरको पछि पर्ने अधिकांश युट्यूबरलाई कसैको पारिवारिक अवस्था, सामाजिक मर्यादा र व्यक्तिगत आत्मसम्मानसँग सरोकार हुने कुरै भएन। क्यामेरा अगाडि सहयोग गर्न आएको ठानेर युवक हौंसिए। उनले आफ्नो नितान्त व्यक्तिगत पाटोका अमूल्य कुराहरुको लिलाम बढाबढ गराएजस्तै गरी क्यामेरा अगाडि बोले।

एउटा पुरुषले महिलालाई कमजोर देखाउने सबैभन्दा सरल अस्त्र भनेको उसको चरित्रमाथि धावा बोल्नु हो। मानिसलाई सजिलै र सहजै विश्वास गराउन युवकले श्रीमतीको चरित्रमाथि वचनवाण दागे। श्रीमतीको जतिसुकै गल्ती किन नहोस। क्यामेरा अगाडि देखिने रहर र केही हजारको सहयोगको लागि आफ्नै श्रीमतिको चरित्रहत्या गर्न मानिसहरु कसरी सक्छन् होला?