रानीमहल पाल्पा

नेपालको रानीमहल खड्क शमशेर द्धारा निर्मित

खप्तड

बझाङ, बाजुरा, डोटी, अछाम जिल्लामा अवस्थित धार्मिक पर्यटकीय ऐतिहाँसिक स्थल ।

दोलखाको जिरी

नेपालको स्वीट्जरल्याण्ड

BAT 32

३२ ओं आधारभुत प्रशासनिक प्रशिक्षण तालिम २०७४, कर्णाली ग्रुप

अन्तर्वाता

लोकसेवा आयोगको अर्को चरको तयारी गरिरहदा

Sunday, July 21, 2019

कमजोरी माथि कुदृष्टी

रातको समय थियो । पसलेले पसल बन्द गर्न आटेका थिए कि  त्यतिकैमा एउटा कुकुर पसलमा आयो , उसको मुखमा एउटा थैली थियो । जसमा सामानको लिस्ट र पैसा थियो । पसलेले पैसा लिएर सामान त्यो थैलिमा भरिदियो , र कुकुरले मुखमा च्यापेर त्यहाँबाट निस्कियो ।


पसले आश्चर्यचकित भएर कुकुरको पछि पछि गयो , यो हेर्नलाई कि यस्तो समझदार कुकुरको मालिक को हो ? " । कुकुर बस स्टपमा उभिएको थियो , केही समय पछि बस आयो र त्यसमा चढ्यो । कन्डक्टर छेउमा आउने बित्तिकै कुकुर ले आफ्नो घाँटी अगाडि गर्यो ,  उसको घाटीको बेल्टमा पैसा र उसको ठेगाना पनि थियो । कन्डक्टरले पैसा लिएर कुकुरको घाटीको बेल्टमा बाधिदियो , र आफ्नो बस स्टप आउने बित्तिकै कुकुर पछाडीको ढोकाबाट निस्किएर पुच्छर हल्लाउदै कन्डक्टरलाई संकेत गर्दै गयो , पसले पनि पछि पछि गइरहेका थिए ।

कुकुरले घरको ढोका दुई तीन पटक ढक्ढक्यायो , भित्रबाट उसको मालिक आयो र लठ्ठिले पिट्न शुरु गरीदियो , पसले ले त्यो मालिकसित पिट्नुको कारण सोधे , मालिकले भने " साला ले मेरो निद्रा खराब गरिदियो , चाबी साथमा लिएर जान सक्दैनथियो ? गधा!”


जीवनको पनि यहि सत्यता हो, तपाईसित मान्छेको  अपेक्षाहरूको कुनै अन्त्य छैन, जहाँ तपाईं चुक्नुभयो त्यही निर  खराबी निकाल्न शुरु गरीदिन्छन, र पछाडीको जम्मै राम्रोपन लाई बिर्सिदिन्छन । उनानन्सय वटा राम्रो कामको मुल्यांकन हुदैन, एउटा गल्ती गर्नुस जम्मै असल काम बिर्सिदिन्छन, कति स्वार्थी छौ हामी मान्छेहरू ।।।

Tuesday, April 23, 2019

धन्य डाक्टर !

एयरफोन बाट गीत सुन्दै थिए, दाँया कानको श्रवण क्षमता लगातार कम हुदै गयो ।

डक्टर का गाको
कान नै खराव हो । अप्रेसन गर्नपर्ने रे !

सारै तनाव।
त्यै एयरफोन हरायो ।

तनाव भुलाउन अर्को  एयरफोन किने । अचानक कान त ठीक भयो । 

अनुसन्धान गर्दा पहिलेको एयरफोनको दाँया साईड बिग्रेको रहेछ । 

डाक्टरको सल्लाह मानेको भा कान त चिलिम् ।
यउटै उत्पादन परेछन् दुवै वस्तु ।

धन्य डाक्टर साव । तिमी नी नमूनानै रैछौ । 
Thank god.

Friday, April 5, 2019

बाइक हाँस्यो

अचम्मै बाईक हाँस्यो😍😍, नहाँसोस त कसरी १० लिटर पेट्रोलको कुपन जो पाएको छ । हिज अस्ती घ्यार-घ्यार गर्दै बन्द हुँदा इन्जिन माथिको स्वीच जो उठाउन पर्दथ्यो । आज स्वीच नी आरामले जमिन हेरी रहेछ, गति नी औषत भइरहेछ ।

गन्तव्य लामो अनि तीव्र गति नरोकी दौडने, घडीको सुई जस्तै । तर आज सेल सकिए झै भाछ किनकि वेग जो कम छ । कुनै हतार, आपत विपद् छैन ।

खुसी हुन कुनै ठूलो कारण नै चाहिन्न, आफैलाई कर पनि लाग्ने र तिर्न पर्ने नमस्ते क्रेडिट पाउँदा त उन्माद खुसी हुने म आफ्नै बाइक हाँस्दा कसरी मौन रहन सकुँ । यहाँ त खुसी डवल, हाँसो चौवल वाइकका नसा नसा हड्डी हड्डी हाँसीरहेछन ।  मन नी हर्षित भैरहेछ । सोचिरहेछु-सडकमा गएर कसैलाई  लिफ्टको अफर गरौ र भनौ सेवा नै परम धर्म हो, चाहे गफै किन नहोस् । 

गोजीमा पैसा हुँदा होस् वा नहुँदा १/२ लिटर बढाएर त हालिएन प्राय । खास भनौ त सवै भागको खिया नी भिज्न पाउदैन होला आफ्नो हलाईले । तर अचानक आजत हाँस्यो मोरो हाँसोको आवाज निकाल्न सक्ने भए चिच्चाएर भन्थ्यो होला छिमेकीले सुन्ने गरी आज दुनियामा सबैभन्दा बढी खुसी स्वयम् उ छ भनेर, हल्लाइ हल्लाइ भर्न जो पाएको छ । कुनै भाग होस नभिजेको अहं छैन । ५०० किलोमिटर यात्राको असल साथी हुने भयो चाहे मर्निंगवाक होस् चाहे चाहे भिजिट ।

कतिपय अवस्थामा रकम र सामानको तुलन गर्न सकिन्न जस्तै ११० रुपैया र रु ११० को पेट्रोल भलै ११० रुपैयाले अन्य कुनैपनि सामान जो किन नआओस् । त्यसो त कति चिया गफमा २/३ सय रुपैया नी खर्च भए होला तर एक थोपा पेट्रोल फाल्तु खर्च भाको छैन । दौडेरै सहयोग गर्या छ ।

प्रत्येक थोपामा मलाई सहयोग गर्ने, दैनिक आधाआधि समय सँगै विताउने मेरो प्रीय आज अचानक अघाएर पेट मिचिमिचि हाँसीरहेछ मुसुमुसु । त्यसको गतिमा औषतपना आइरहेछ, टाइम- टाइममा खित्का छोडिरहेछ । धन्य डोनर 😄😄 मेरो बाईकलाई यस अवसरका लागि । मेरो बाईक साँच्चै हाँस्यो हाँसिरहोस् । बसन्तमा कोइलीजस्तै, पिँजराबाट निस्केको चरीजस्तै, पूर्णीमाको जुन जस्तै, असारेको जुनकिरीजस्तै, वर्षातको इन्द्रेणी जस्तै रमाईरहोस् । हरेक सफलताको सहयात्री बनोस्, मुस्कानमा कहिल्यै कमि नहोस् प्रीय १२५cc साईन् ।