रानीमहल पाल्पा

नेपालको रानीमहल खड्क शमशेर द्धारा निर्मित

खप्तड

बझाङ, बाजुरा, डोटी, अछाम जिल्लामा अवस्थित धार्मिक पर्यटकीय ऐतिहाँसिक स्थल ।

दोलखाको जिरी

नेपालको स्वीट्जरल्याण्ड

BAT 32

३२ ओं आधारभुत प्रशासनिक प्रशिक्षण तालिम २०७४, कर्णाली ग्रुप

अन्तर्वाता

लोकसेवा आयोगको अर्को चरको तयारी गरिरहदा

Friday, April 10, 2020

बन्द कोठामा 'फटिग जिन्दगी''

जीवन भोगाई क्रममा समय परिस्थिति र व्यावहारले मस्तिष्कमा परेको दवाव र प्रभावलाई सांघुरो परिधिमा संकुचित नगरी विभिन्न  घटना र परिघटनाको समिश्रणका रूपमा केही कुरा लेख्दैछु । प्यारो जिन्दगी¸ असिम सम्झना ।

आ-आफ्नो पेशा, व्यावसाय, दैनिकी अनुसार सबैले आफुले जीउने जीवन बेग्लाबेग्लै छन् । कोही जीवन जिइरकेका छन् त कोही जिवन कटाइरहेका छन् । कोही उपलब्धतामा रमाएका छन् कोही रमाउने चेस्टा गरिरहेका छन् । व्यस्त भिडमा पृथ्वीको एउटा कुनामा रहेर कोरोनाको डर र त्रासले आजाद नपाएको बन्दी भइरहँदा विगत र वर्तमानका सबै पलहरू मनसपटलमा खेलाउन पुगेछु । 

बाह्य दुनिया अवलोकन गरी हेर्दा घर नजिकै बाँसको रूखमा साँझपख च्याँ-च्याँ ध्वनी निकाली बसिरहेका चरीहरुले आफ्नो ध्वनिको तिव्रता नघटाई गित गायिरहेका छन् । कुलामा खेल्ने माछाहरू उफ्री-उफ्री खेलिरहेका छन् । वारीमा केराका पातले तपाई जस्तै विशिष्ठ अतिथि बोलाई रहेका छन् । सूर्य र चन्द्रले समय समयमा आकाशको वादलसँग लुकामारी खेल्दैछन । घडीको सुई नरोकी दैडिरहेछ । कुकुर¸ बिरालाहरुले मेनरोड कब्जा गरेका छन् । म बन्दी नियाली रहेको छु¸ सबैको सजीव¸ निर्जीवको समय चक्रको साक्षी बनी बन्द कोठाबाट । म जस्तै आजादी नपाएकाहरू कोही गाएक भईसके¸कोही कवि¸ कोही टिकटक हिरो भने कोही प्रवचक यस्तै यस्तै । अनेक रूप¸ अनेक स्थान¸ अनेक पात्रको भुमिकामा आआफ्नो कौशलता र मेहेनतको बजार मूल्य खोजिरहेका छन् । खास भनौ त आजादीको विकल्पमा रमाउन अनेकन प्रयास गरी बाध्यता¸ अभाव र दबाबमा मिथ्या मुस्कान देखाई रहेका छन् । सबै महामारिमा ज्यान जोगाउन र लुक्न तल्लिन छन् । कसैलाई प्रत्येक्ष देख्दा कोही देखेर चिनिदैनन्¸ कोही चिन्न खोजिदैनन् । समयको चक्र¸ 'अतिथि देव भव' भन्ने म आम मानिस जस्तै कोही भेट्न आउलान भन्ने डरले मुलढोका बन्द गरी बसिरहेको छु । बाध्य भएर सेनिजाइजर आगनमै राखेर बन्द कोठाको झ्यालबाट बाटोमा हिड्ने मान्छे चिहाइरहेछु । धेरै रात बिते¸ दिन कटे¸ दिनहरु रातजस्तै भए¸ रात झनै निष्पट्ट । आतुर भैसके डियर जिन्दगी¸ आजाद खोजिरहेछु ।

Thursday, April 2, 2020

पुच्छर हल्लियो टाउको हल्लेन : कोरोना विशेष

विश्वभर महामारीका रुपमा फैलिएको COVID-19 (कोरोना भाईरस) को संक्रमण तथा सोको कारणबाट मृत्यु हुनेको संख्या विश्वभर दिन प्रतिदिन तीव्र गतिमा बढ्दो छ । चीनको हुवेई प्रान्तको राजधानी वुहान प्रान्तबाट सुरु भएको नयाँ रोगको विश्वव्यापिकरणीय तवरमा फैलँदो छ अर्थात विश्व बजार चम्किरहेका देशमा सोही अनुपातमा कोरोनाको नकारात्मक असर चम्किरहेको छ । पछिल्लो २४ घण्टा (April 1) मा विश्वभरमा New Cases  76,872 New Deaths 4.890 भएको देखिन्छ । April 2 , 7:00 pm सम्म विश्वभरमा कुल ९५९,६९० संक्रमित मध्ये ४९,१५३ जनाको मृत्यु (क्रमिक बढिरहेको) समेत भइसकेको देखिन्छ । 

विभिन्न मुलुकका स्वास्थ्य र अर्थतन्त्र सम्बन्धी नीति फरक फरक छन् । जापान, अमेरिका जस्ता देशले कोरोना रोकथाम भन्दा अर्थतन्त्रलाई बढी महत्व दिएको सन्दर्भमा पछिल्लो समय अमेरिका यस्तो अवस्थामा पुगेको छ की अव नचाहेर पनि आफ्नो नियन्त्रण गुमाइरकेको छ । इटाली र स्पेनको अवस्था समेत त्यस्तै भयाभह छ । प्रविधि र पुँजिको प्रयाप्तता समेत शुन्य प्रतिफल युक्त देखिन्छ । मानिसहरु मेहेनत गरेर आर्जन गरेका पैसा सडकमा फालेर ज्यान जोगाउन कसरत गरिरहेका छन् । 

विश्वको अवस्था तथा अभ्यासलाई हेरी नेपालमा पनि कोरोनाको संभाव्य जोखिम बिरुद्ध सचेत हुन र विभिन्न कार्यहरु नभएका होइनन् । देश नै 'लकडाउन' भएको छ । स्थल तथा हवाई मार्गहरु बन्द छन् । समयमै सबै प्रकारका नाकाहरु बन्द गर्ने कदम अत्यन्त स्रहानीय छ । स्थानीय तहहरुमा 'क्वारेन्टाइन', 'आइसोलेसन वार्ड' स्थापना भएका छन् तर अपशोस क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरु आफै धामी आफै झाँक्रि हुनुको विकल्प छैन । किनभने कसैलाई शंका लागेमा उसले उपचार नपाउने लगभग पक्का देखिन्छ । लामो समयसम्म विरामी तातो पानी पिउन नपाएर मर्छ, कोरोनाको सबै लक्षण मिल्छ रे तर रिपोर्ट नेगेटिभ आउछ । के यो मजाक हो ?