Sunday, July 21, 2019

कमजोरी माथि कुदृष्टी

रातको समय थियो । पसलेले पसल बन्द गर्न आटेका थिए कि  त्यतिकैमा एउटा कुकुर पसलमा आयो , उसको मुखमा एउटा थैली थियो । जसमा सामानको लिस्ट र पैसा थियो । पसलेले पैसा लिएर सामान त्यो थैलिमा भरिदियो , र कुकुरले मुखमा च्यापेर त्यहाँबाट निस्कियो ।


पसले आश्चर्यचकित भएर कुकुरको पछि पछि गयो , यो हेर्नलाई कि यस्तो समझदार कुकुरको मालिक को हो ? " । कुकुर बस स्टपमा उभिएको थियो , केही समय पछि बस आयो र त्यसमा चढ्यो । कन्डक्टर छेउमा आउने बित्तिकै कुकुर ले आफ्नो घाँटी अगाडि गर्यो ,  उसको घाटीको बेल्टमा पैसा र उसको ठेगाना पनि थियो । कन्डक्टरले पैसा लिएर कुकुरको घाटीको बेल्टमा बाधिदियो , र आफ्नो बस स्टप आउने बित्तिकै कुकुर पछाडीको ढोकाबाट निस्किएर पुच्छर हल्लाउदै कन्डक्टरलाई संकेत गर्दै गयो , पसले पनि पछि पछि गइरहेका थिए ।

कुकुरले घरको ढोका दुई तीन पटक ढक्ढक्यायो , भित्रबाट उसको मालिक आयो र लठ्ठिले पिट्न शुरु गरीदियो , पसले ले त्यो मालिकसित पिट्नुको कारण सोधे , मालिकले भने " साला ले मेरो निद्रा खराब गरिदियो , चाबी साथमा लिएर जान सक्दैनथियो ? गधा!”


जीवनको पनि यहि सत्यता हो, तपाईसित मान्छेको  अपेक्षाहरूको कुनै अन्त्य छैन, जहाँ तपाईं चुक्नुभयो त्यही निर  खराबी निकाल्न शुरु गरीदिन्छन, र पछाडीको जम्मै राम्रोपन लाई बिर्सिदिन्छन । उनानन्सय वटा राम्रो कामको मुल्यांकन हुदैन, एउटा गल्ती गर्नुस जम्मै असल काम बिर्सिदिन्छन, कति स्वार्थी छौ हामी मान्छेहरू ।।।

1 comments: